Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

विर्तामोडमा मतगणना स्थलबाहिर नाराबाजी

विर्तामोडमा मतगणना स्थलबाहिर नाराबाजी

  • शनिवार, बैशाख ३१ २०७९

  • 619
    SHARES

  • विर्तामोडमा मतगणना स्थलबाहिर नाराबाजी

    काठमाडौं । झापाको विर्तामोड नगरपालिकास्थित मतगणना स्थल बाहिर तनावको स्थिति सिर्जना भएको छ । जिल्ला निर्वाचन कार्यालयको गाडीमा मतपत्र भेटिएपछि स्थानीयले नारावाजी गरेका हुन् ।

    तर यसले मतगणनालाई कुनै प्रभाव नपारेको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले बताए ।

    इलाका प्रहरी कार्यालय, विर्तामोडका एक अधिकारीले चाहिँ प्रमुख निर्वाचन अधिकारीको गाडी अनुगमनका क्रममा त्यहाँ पुगेको र नमूना मत पत्र गाडीमै रहेका कारण गलत बुझाइएको भएको दाबी गरे ।


    स्थानीयले चाहिँ मतगणनामा धाँधली गर्न खोजिएको आरोप लगाएका छन् । अहिले विर्तामोडमा एमाले उम्मेदवार पवित्रा महतरा प्रसाईंको अग्रता छ । प्रसाईंले ७०० मत ल्याउँदा कांग्रेसका भोजराज सिटौलाले ४७७ मत ल्याएका छन् ।


    शनिवार, बैशाख ३१ २०७९०६:४७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij