Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा प्रतिनिधि राख्ने विषयमा कुरा मिल्यो, केहीबेरमा मतगणना

काठमाडौंमा प्रतिनिधि राख्ने विषयमा कुरा मिल्यो, केहीबेरमा मतगणना

  • शनिवार, बैशाख ३१ २०७९

  • 399
    SHARES

  • काठमाडौंमा प्रतिनिधि राख्ने विषयमा कुरा मिल्यो, केहीबेरमा मतगणना

    काठमाडौं । शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकामा अहिलेसम्म सुरु हुन सकेको छैन् । उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो ।

    अब भने स्वतन्त्र उम्मेदवारको तर्फबाट एक उम्मेदवार एक प्रतिनिधि राख्ने सहमति जुटेको छ । सहमति जुटेसँगै केहीबाट मतगणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

    महानगरको वडा नम्बर १ र ३२ बाट सबैभन्दा पहिला मतगणना सुरु हुनेछ । यसअघि स्वतन्त्र उम्मेदवारको तर्फबाट प्रतिनिधि राख्ने विषयमा विवाद उत्पन्न भएको थियो ।

    निर्वाचन अधिकृतको कार्यालयले पाँच जना स्वतन्त्र उम्मेदवार बराबर एक प्रतिनिधि राख्ने कुरा भएपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए । जसले गर्दा मतगणनाको कार्य ढिलाई भएको थियो ।


    शनिवार, बैशाख ३१ २०७९०९:२७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij