Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पूर्वी चितवनको राप्तीमा मतगणना सुरु हुँदै

पूर्वी चितवनको राप्तीमा मतगणना सुरु हुँदै

  • शनिवार, बैशाख ३१ २०७९

  • 533
    SHARES

  • पूर्वी चितवनको राप्तीमा मतगणना सुरु हुँदै

    चितवन । भरतपुर महानगरपालिकाको मत गणनाको लागि गएराती बसेको सर्वदलीय वैठकले आज विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको छ । विहानबाट मतगणना गर्ने सर्वदलीय निर्णय भएपछी मतगणना स्थलमा चाबी लगाएर छाडिएको छ ।

    पूर्वी चितवनको राप्तीमा वडा नम्बर ६ बाट मत गणना शुरु भएको छ । भण्डारास्थित भण्डारा माविमा मतगणना भएको हो । राप्ती वडा नं. ६ मा ३ हजार ४ सय ८२ मत खसेको थियो । राप्तीमा १३ वटा वडा रहेका छन । राप्तीमा कुल ४० हजार ६ सय ४९ मतदाता रहेकोमा कुल २९ हजार ७ सय ३७ मत खसेको छ । कुल मतको ७३ दशमलव १६ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय, राप्ती नगरपालिकाका निर्वाचन अधिकृत श्याम प्रसाद दाहालले बताए ।

    कालिका नगरपालिकामा वडा नं १ वाट मतगणना सुरु भएको छ । राती पौने १ बजेदेखि मतगणना सुरु गरिएको हो । कालिकामा ३१ हजार १९७ जना मतदाता रहेकोमा २४ हजार ३४७ मत खसेको छ । वडाको मतपरिणाम आइसकेको छैन ।


    शनिवार, बैशाख ३१ २०७९०६:२२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij