Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

निर्वाचनको क्रममा उदयपुरमा गोली लागि एकको मृत्यु, एक घाइते

निर्वाचनको क्रममा उदयपुरमा गोली लागि एकको मृत्यु, एक घाइते

  • शुक्रवार, बैशाख ३० २०७९

  • 663
    SHARES

  • निर्वाचनको क्रममा उदयपुरमा गोली लागि एकको मृत्यु, एक घाइते

    काठमाडौं – उदयपुरको कटारी नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय नविन कटुवाल रहेका छन् । कटारी–१० सोरुङ छविसेमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र पश्चात उत्पन्न विवादमा गोली चल्दा उनको मृत्यु भएको हो । गोली लागेर अर्का एक जना १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

    घरमा बसिरहेका श्रेष्ठको खुट्टामा गोली लागेको हो । कालिका माध्यमिक विद्यालय केन्द्रमा मतदान सकिएपछि विवाद भएको र विवादको क्रममा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको थियो ।

    हवाई फायरको क्रममा कटुवाल र श्रेष्ठलाई गोली लागेको स्थानीयले बताएका छन् । कटुवालको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि प्रहरीले अहिलेसम्म आधिकारिक पुष्टि भने गरेको छैन ।


    शुक्रवार, बैशाख ३० २०७९०९:५६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij