Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नवलपरासीका १० स्थानमा राति ८ बजेसम्म मतदान हुने

नवलपरासीका १० स्थानमा राति ८ बजेसम्म मतदान हुने

  • शुक्रवार, बैशाख ३० २०७९

  • 384
    SHARES

  • नवलपरासीका १० स्थानमा राति ८ बजेसम्म मतदान हुने

    काठमाडौं। पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० वटा मतदानस्थलमा राति ८ बजेसम्म मतदान जारी रहने भएको छ । पानी परेका कारण केही मतदानस्थलमा मतदान कार्य ढिलो भएको हो ।

    सुनवलको अमर ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रका अधिकृत अचानक बेहोस भएपछि त्यहाँ मतदान ढिला सुरु भएको थियो ।

    ढिला भएका सबै स्थानमा अहिले मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।

    मतदान ढिला हुने पालिकाका केही स्थलमा बर्दघाट र सुनवल नगरपालिका तथा प्रतापपुर र सुस्ता गाउँपालिकाका छन् । अन्य पालिकाको मतदान कार्य सकिएको र सम्बन्धित पालिकामा मत पेटिका पुर्‍याउने काम भइरहेको । मत गणना राति १० बजेबाट सुरु गर्ने गरी तयारी गरिएको उनले बताए ।


    शुक्रवार, बैशाख ३० २०७९०६:५३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij