Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रुपन्देहीमा उम्मेदवारको घरमा विस्फोट

रुपन्देहीमा उम्मेदवारको घरमा विस्फोट

  • शुक्रवार, बैशाख ३० २०७९

  • 547
    SHARES

  • रुपन्देहीमा उम्मेदवारको घरमा विस्फोट

    काठमाडौँ । रुपन्देहीको मर्चवारी–५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो ।

    मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र विस्फोट भएको छ । घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो या अन्य केही भन्ने बारे अझैँ खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    प्रहरी टोली घटनास्थल पुगेको छ । विस्फोटमा परी उनकी श्रीमती ४५ वर्षीया जयमाला पाण्डे घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको हात, पाखुरालगायत भागमा जलेको छ ।

    विस्फोटले घरमा समेत क्षति पुगेको छ । भान्छा घरमा विस्फोट भएको र यसको असर अन्य कोठामा समेत परेको छ ।


    शुक्रवार, बैशाख ३० २०७९०६:३७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij