Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गोरखाको ताराखसेमा गोली चल्यो, एकजना घाइते

गोरखाको ताराखसेमा गोली चल्यो, एकजना घाइते

  • शुक्रवार, बैशाख ३० २०७९

  • 595
    SHARES

  • गोरखाको ताराखसेमा गोली चल्यो, एकजना घाइते

    काठमाडौं - गोरखाको भीमसेन थापा गाउँपालिका-२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ ।

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी हुन् ।

    उनको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले जानकारी दिए ।

    गोरखाका एसपी केदार खनालले भने, ‘माओवादी र कांग्रेस कार्यकर्ताहरु हानाहान गर्दै मतपेटिका राखेको कोठामै छिरे ।

    झडपलाई नियन्णत्रमा लिन फायर खोल्दा थापाको खुट्टामा गोली लाग्न पुग्दा उनी घाइते भएका हुन् ।’ मतपेटिका भने सुरक्षित रहेको सहायक निर्वाचन अधिकृत अधिकारीले बताए ।


    शुक्रवार, बैशाख ३० २०७९०५:३९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij