Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आयोगले तोकेको मतदानको निर्धारित समय सकियो, लाइनमा बसेकाले मत दिन पाउने

आयोगले तोकेको मतदानको निर्धारित समय सकियो, लाइनमा बसेकाले मत दिन पाउने

  • शुक्रवार, बैशाख ३० २०७९

  • 518
    SHARES

  • आयोगले तोकेको मतदानको निर्धारित समय सकियो, लाइनमा बसेकाले मत दिन पाउने

    काठमाडौं – स्थानीय तह निर्वाचनको मतदानाको लागि निर्धारित समय सकिएको छ।

    निर्वाचन आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ।

    देशभरका सबै ७५३ पालिकामा शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो। निर्वाचनमा हालसम्म करिब ५६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

    यद्यपि अन्तिम विवरण आउन बाँकी छ। देशका केही स्थानमा झपड र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ।

    राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ती मतदान प्रक्रिया अवरुद्ध भएका हुन्। केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी स्थगित भएको छ।

    निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्लालगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ।


    शुक्रवार, बैशाख ३० २०७९०५:३३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij