Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

उम्मेदवार सवार गाडीको ठक्करबाट रुकुममा १ जनाको मृत्यु

उम्मेदवार सवार गाडीको ठक्करबाट रुकुममा १ जनाको मृत्यु

  • शुक्रवार, बैशाख ३० २०७९

  • 368
    SHARES

  • उम्मेदवार सवार गाडीको ठक्करबाट रुकुममा १ जनाको मृत्यु

    काठमाडौं - रुकुम पश्चिममा नेपाली काँग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । ​बाफिकोट गाउँपालिका वडा ७ मा लु ३ च ३३६ नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको हो ।

    गाडीमा उम्मेदवार जनककुमार वाँठा मगर सवार रहेको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश बास्तोलाले पुष्टि गरे ।

    खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने बाठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा उक्त दुर्घटना भएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।


    शुक्रवार, बैशाख ३० २०७९०४:१५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij