Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

साढे तीन बजेसम्म सबै महानगरमा ५० प्रतिशतभन्दा बढी मत खस्यो

साढे तीन बजेसम्म सबै महानगरमा ५० प्रतिशतभन्दा बढी मत खस्यो

  • शुक्रवार, बैशाख ३० २०७९

  • 395
    SHARES

  • साढे तीन बजेसम्म सबै महानगरमा ५० प्रतिशतभन्दा बढी मत खस्यो

    काठमाडौं – स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार बिहान ७ बजेदेखि सुरू भएको मतदान अन्तर्गत सबै ६ वटा महानगरपालिकामा ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन्।

    दिउँसो साढे तीन बजेसम्म सबैभन्दा बढी वीरगन्ज महानगरपालिकामा करिब ६४ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। पौडेलका अनुसार केहीबेर पानीले अवरोध गरे पनि महानगरपालिका भित्र निर्वाध रूपमा मतदान भइरहेको छ।

    यस्तै ललितपुर महानगरपालिकामा ५५ देखि ६० प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीका अनुसार महानगरमा हालसम्म निर्वाध रूपमा मतदान भइरहेको छ।

    यस्तै काठमाडौं महानगरमा ५२ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौंमा कही कतै अवरोध आएको छैन। बेलैमा मतदान सकिने खतिवडाले आँकलन गरेका छन्।

    यस्तै पोखरा महानगरपालिकामा ५० प्रतिशत हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार महानगरमा कहीँ कतै अवरोध छैन।

    यस्तै विराटनगर महानगरपालिकामा हालसम्म ५३ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए। लम्सालका अनुसार विराटनगर महानगरका सबै मत केन्द्रमा उत्साहजनक रूपमा मतदाता सहभागी भएका छन्। कही कतै अवरोध भएको छैन।


    शुक्रवार, बैशाख ३० २०७९०३:५२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij