Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृत कुटिए, मतपेटिका पनि तोडफोड

सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृत कुटिए, मतपेटिका पनि तोडफोड

  • शुक्रवार, बैशाख ३० २०७९

  • 750
    SHARES

  • सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृत कुटिए, मतपेटिका पनि तोडफोड

    काठमाडौं - सप्तरीको एक मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको छ । घट्नापछि मतदान स्थगित भएको छ ।

    डाक्नेश्वरी नगरपालिकाको–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

    उनका अनुसार कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ ।

    २ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।

    घट्नापछि मतदान स्थगित भएको छ । आज मतदान हुने सम्भावना कम रहेको निर्वाचन अधिकृत मगरले बताए ।


    शुक्रवार, बैशाख ३० २०७९०१:२०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij