Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु, १२ घाइते

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु, १२ घाइते

  • शुक्रवार, बैशाख ३० २०७९

  • 507
    SHARES

  • स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु, १२ घाइते

    काठमाडौं । स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका(४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको हो ।

    घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन् ।

    घाइते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।


    शुक्रवार, बैशाख ३० २०७९१२:१९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij