Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस पहिलो पार्टी बन्नेमा शंका छैन: थापा

कांग्रेस पहिलो पार्टी बन्नेमा शंका छैन: थापा

  • शुक्रवार, बैशाख ३० २०७९

  • 618
    SHARES

  • कांग्रेस पहिलो पार्टी बन्नेमा शंका छैन: थापा

    काठमाडौं । स्थानीय तहको निर्वाचन देशैभर शान्त र सौहार्दपूण अवस्थामा भइरहेको छ ।

    विभिन्न दलका नेताहरु मतदान गर्न आफ्नो गृह जिल्लामा पुगेका छन् । यसबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा कांग्रेस सजिलोसँग पहिलो पार्टी हुने दाबी गरेका छन् ।

    मत हाल्न मतदान केन्द्र पुगेका महामन्त्री थापाले लोकतन्त्र र संविधानको रक्षाको लागि भएको गठबन्धन र नेपाली कांग्रेसकै कार्यकर्ताहरूको सक्रियताको कारण कांग्रेस पहिलो पाटी बन्नेमा शंका नरहेको जिकीर गरे ।

    महामन्त्री थापाले यसपटक निर्वाचन मतदाता शिक्षा भने प्रभावकारी नभएको बताएका छन् । पार्टी र आयोग दुवैको तर्फबाट मतदाता शिक्षा प्रभावकारी नभएको र मौन अवधिमा मात्रै यसको महसुस भएको उनको भनाइ छ ।

    थापाले काठमाडौं महानगरपालिका–३१ को मैतीदेवीको केन्द्रबाट मतदान गरेका छन् ।


    शुक्रवार, बैशाख ३० २०७९१०:१८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij