Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बाराका विभिन्न मतदान केन्द्रमा झडप, मतदान रोकियो

बाराका विभिन्न मतदान केन्द्रमा झडप, मतदान रोकियो

  • शुक्रवार, बैशाख ३० २०७९

  • 620
    SHARES

  • बाराका विभिन्न मतदान केन्द्रमा झडप, मतदान रोकियो

    बारा । बाराका विभिन्न मतदान केन्द्रमा झडप भएको छ । झडपपनि मतदान प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ । देवताल गाउँपालिका–७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको बारा प्रहरीले जनाएको छ । झडपका क्रममा १ जनाको टाउको फुटेको बारा प्रहरी प्रमुख एसपी दिलीपसिंह देउवाले जानकारी दिए ।

    झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको एसपी देउवाले बताए । त्यस्तै सिम्रौनगढ नगरपालिका–२ बैरियामा पनि झडप भएको छ । दुई पक्षबीच झडप भएपछि अहिले मतदान प्रक्रिया रोकिएको एसपी देउवाले बताए ।

    ुविभिन्न ठाउँमा झडपका घटना भइरहेका छन् । हामी त्यहाँ जादैछौं । कति ठाउँमा भयो भन्ने अहिलेसम्म यकिन भएको छैन्,ु एसपी देउवाले भने । सीमावर्ती क्षेत्रमा रहेका यी मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अति सम्वेदनशिल केन्द्र हुन् ।


    शुक्रवार, बैशाख ३० २०७९०९:३९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij