Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले गरे मतदान

कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले गरे मतदान

  • शुक्रवार, बैशाख ३० २०७९

  • 598
    SHARES

  • कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले गरे मतदान

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले गृह जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडास्थित शान्ति क्षेत्र आधारभूत विद्यालयमा मतदान गरेका छन् । बिहान ७ बजे पुगेर उनले मतदान गरेका हुन् ।

    मतदान गरेपछि उनले निर्वाचनलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ र राज्यको पुनः संरचनापछि केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रिकृत गरेर गाउँगाउँमा सिंहदरबार स्थापना गर्ने अभियान भएको बताएका छन् ।

    निवर्तमान हुन लागेका जनप्रतिनिधिहरूले सञ्चालन गरेका अधुरा योजनालाई सम्पन्न गर्न र आम नागरिकको चाहनाअनुसार विकास निर्माण कार्य अगाडि बढाउन उनको आग्रह छ ।

    निर्वाचनमार्फत असल, योग्य, सक्षम एवं क्षमतावान प्रतिनिधि छनोट गर्न मतदाताहरूले मतदान गर्नुपर्नेमा जोड दिए ।


    शुक्रवार, बैशाख ३० २०७९०८:३२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij