Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बामदेव गौतमले मतदान नगर्नुको खुलासा (अडियोसहित)

बामदेव गौतमले मतदान नगर्नुको खुलासा (अडियोसहित)

  • बिहिवार, बैशाख २९ २०७९

  • 1.5K
    SHARES

  • बामदेव गौतमले मतदान नगर्नुको खुलासा (अडियोसहित)

    काठमाडौं । पूर्वगृहमन्त्री एवम् कम्युनिष्ट नेता बामदेव गौतमले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै नेता गौतमले नागरिकले नो भोट गर्न पाउने अधिकार अनुरुप मतदान नगर्ने जानकारी दिनुभयो । आफू कुनै पनि पार्टीमा नभएको जानकारी दिँदै गौतमले यसवर्षको निर्वाचनमा मत दिने खालको पार्टी नभेटिएको जिकीर गर्नुभयो ।

    बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ को मतदाता रहेका गौतम नेकपा एमालेको विभाजनसँगै तटस्थ बस्दै आउनुभएको छ । गौतमले निर्वाचनमा मतदान नगर्न कसैलाई पनि आग्रह नगरेको बताउनुभयो ।

    अडियो सुन्न तल क्लिक गर्नुहोस् :


    बिहिवार, बैशाख २९ २०७९१२:२६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij