Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले वडाध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा, पैसा बाँडेको आरोप

एमाले वडाध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा, पैसा बाँडेको आरोप

  • बिहिवार, बैशाख २९ २०७९

  • 410
    SHARES

  • एमाले वडाध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा,  पैसा बाँडेको आरोप

    लमजुङ । मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

    बेसीशहर नगरपालिका-११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेको भन्दै स्थानीय शिव सेढाईको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएको हो ।

    जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, झोला, मोटरसाइकलको चाबी, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा लिइएको स्थानीय अनिता सेढाईले बताइन् ।

    जोशीविरुद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घटनाबारे बुझ्‍न प्रहरीलाई भनिएको छ ।


    बिहिवार, बैशाख २९ २०७९१०:०३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij