Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मतदाता नामावलीमा नाम भएकाले नागरिकता, जग्गाधनी प्रमाणपुर्जाले पनि मतदान गर्न पाउने

मतदाता नामावलीमा नाम भएकाले नागरिकता, जग्गाधनी प्रमाणपुर्जाले पनि मतदान गर्न पाउने

  • बुधवार, बैशाख २८ २०७९

  • 655
    SHARES

  • मतदाता नामावलीमा नाम भएकाले नागरिकता, जग्गाधनी प्रमाणपुर्जाले पनि मतदान गर्न पाउने

    काठमाडौं - मतदाता नामावलीमा नाम भएका सबैले प्रमाणपत्रको आधारमा मतदान दिन पाउने भएका छन्।

    निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने जनाएको हो।

    आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि बिहीबार पनि मतदान केन्द्रहरूबाटै परिचय पत्र दिँदैछ।

    यस्तै, परिचय पत्र नभएका तर मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाइ यकिन गरेर मतदान गर्न सकिने जनाएको हो।

    ‘आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ।


    बुधवार, बैशाख २८ २०७९०८:४७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij