Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्थानीय तह निर्वाचन : सक्षम उम्मेदवार ओझेलमा पर्ने खतरा

स्थानीय तह निर्वाचन : सक्षम उम्मेदवार ओझेलमा पर्ने खतरा

  • बुधवार, बैशाख २८ २०७९

  • 619
    SHARES

  • स्थानीय तह निर्वाचन : सक्षम उम्मेदवार ओझेलमा पर्ने खतरा

    काठमाडौं - आसन्न स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले प्रत्येक जिल्लामा मतदान अधिकृत पुगिसकेको जानकारी दिएको छ ।

    ७७ वटै जिल्लाका २१ हजार ९ सय ५५ मतदानस्थलमा पुगेका मतदान अधिकृतले आज मतदानस्थलको तीनसय मिटर वरिपरिको सुरक्षा व्यवस्थालाई चुस्त बनाउनेगरी सर्वदलीय बैठक गरेका छन् ।

    मदिरा, हातहतियारलगायतका प्रतिबन्धित वस्तुको बिक्रिवितरण तथा ओसारपसार नर्गन सूचना टाँस गरिएको आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    मतदान गर्नका लागि अनिवार्य रुपमा मतदाता परिचयपत्र आवश्यक रहने अर्यालको भनाइ छ । विगतमा निर्वाचनको अन्तिम चरणमा आउँदा मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका नागरिकहरुलाई नागरिकताको प्रतिलिपिका आधारमा मतदान गर्ने व्यवस्था थियो । यद्यपि, यसवर्षको स्थानीय तहको निर्वाचनमा के गर्ने भन्नेबारे छलफल चलिरहेको सहप्रवक्ता अर्यालको भनाइ छ ।

    मौन अवधिमा हुने आर्थिक चलखेललाई पनि आयोगले कडा निगरानी गरेको छ । सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउनका निम्ति चार घेरामा सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ । जसमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । देशभर निर्वाचनमा हुने धाँधली, असुरक्षालाई गृहले कडा निगरानी गरेपनि छिटपुट मात्रामा घटना भइरहेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

    केही गाउँपालिकामा पैसाको चलखेल भएको भन्दै पूर्व निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दुःख व्यक्त गर्नुभयो । आर्थिक चलखेलले सक्षम र सफल उम्मेदवारलाई समस्या पर्ने बताउँदै यादवले मतदाताहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

    पछिल्लो समय खर्चिलो र भड्किलो निर्वाचन प्रणालीले सक्षम उम्मेदवार ओझेलमा परेका छन् । जनता बेलैमा सुसुचित नहुने हो भने आगामी दिनमा राज्य सयन्त्र ठेकेदार, डन, माफियाको हातमा जाने भन्दै संयमित भएर मतदान गर्न विज्ञहरुले सुझाएका छन् ।


    बुधवार, बैशाख २८ २०७९०८:०६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij