Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

ट्विटरले ट्रम्पमाथि लगाएको प्रतिबन्ध मस्कले हटाउने

ट्विटरले ट्रम्पमाथि लगाएको प्रतिबन्ध मस्कले हटाउने

  • बुधवार, बैशाख २८ २०७९

  • 433
    SHARES

  • ट्विटरले ट्रम्पमाथि लगाएको प्रतिबन्ध मस्कले हटाउने

    काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलाँन मास्कले यदि आफु ट्विटरको मालिक भएको खण्डमा ट्विटरले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाएको प्रतिबन्ध हटाउने बताए । हाल मस्क ट्विटरको सबैभन्दा ठूला लगानीकर्ता हुन् । उनको ट्विटरमा ९.१ प्रतिशतको शेयर छ ।

    मस्कले ट्विटरले अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि लगाएको प्रतिबन्ध अनैतिक, गैरजिम्मेवारी र मूर्खतापूर्ण भएको बताए । साथै ट्विटरको यस्तो कदमले संविधानले दिएको नागरिक अभिव्यक्ति स्वतन्त्रताको समेत धज्जी उडेको बताए ।

    मस्कले ट्रम्पको ट्विटर अकाउन्ट फुकुवा गरेतापनि ट्रम्प भने फेरि ट्विटरमा फर्किने मुडमा छैनन् किनकि ट्रम्पले विगत केही महिना अघि नै आफू अब कहिल्यै ट्विटरमा नफर्किने जिकीर गरिसकेका छन् ।

    -एजेन्सीको सहयोगमा


    बुधवार, बैशाख २८ २०७९११:१०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij