Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिकाको टिप्पणी : पुटिनले मार्शल ल लागू गर्न सक्छन्

अमेरिकाको टिप्पणी : पुटिनले मार्शल ल लागू गर्न सक्छन्

  • बुधवार, बैशाख २८ २०७९

  • 620
    SHARES

  • अमेरिकाको टिप्पणी : पुटिनले मार्शल ल लागू गर्न सक्छन्

    एजेन्सी । अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मार्शल ल’ लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापित गर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाईमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् ।

    रुसले ‘अस्तित्वको खतरा’ सामना गरे मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियार प्रयोग गर्ने बताएका छन् । रूसी राष्ट्रपतिले युक्रेनमा लामो द्वन्द्वको लागि तयारी गर्दै दोनबासभन्दा बाहिरका लक्ष्यहरू प्राप्त गर्न चाहेको उनले बताए ।

    पछिल्लो समयमा रुसले पूर्वी युक्रेनमा हमला गरेको छ । २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा लाखाौँ युक्रेनी विस्थापित भएका छन् । यसैबीच राष्ट्रसंघीय मानव अधिकार उच्चायोग (ओएचसीएचआर) ले रुसी हमलामा अहिलेसम्म ३ हजार १५३ जनाको मृत्यु भएको जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने अनुमान गरिएको छ ।


    बुधवार, बैशाख २८ २०७९१०:५१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij