Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

न्युजिल्यान्डले ३१ जुलाइदेखि अन्तर्राष्ट्रिय सीमाना खोल्ने

न्युजिल्यान्डले ३१ जुलाइदेखि अन्तर्राष्ट्रिय सीमाना खोल्ने

  • बुधवार, बैशाख २८ २०७९

  • 554
    SHARES

  • न्युजिल्यान्डले ३१ जुलाइदेखि अन्तर्राष्ट्रिय सीमाना खोल्ने

    एजेन्सी । न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले ३१ जुलाईदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमानाहरू पूर्ण रूपमा खोल्ने बताएकी छिन् । सोही दिन स्थानीय बन्दरगाहमा क्रुज जहाजहरूलाई पनि स्वागत गरिने उनले जानकारी दिइन् ।

    सरकारले यसअघि तोकेको समयभन्दा दुई महिना अगाडि अर्थात जुलाईको अन्त्यमा सीमा खोल्न लागिएको हो । भिसा चाहिने आगन्तुकहरू अब न्युजिल्याण्ड आउन सक्नेछन् ।

    अकल्यान्डमा बिजनेश एनजेडको दिवाभोजलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिमाना खोल्दा तत्काल सीप अभाव हट्ने, पर्यटन क्षेत्रलाई फाइदा हुने र अध्यागमन सेटिङलाई अझ सुरक्षित तहमा राख्न मद्दत पुग्ने विश्वास गरिन् ।

    ‘हामी न्युजिल्याण्डको आर्थिक भविष्य सुरक्षित गर्न हामी प्रमाणित योजनामा निर्माण गर्दैछौँ’, प्रधानमन्त्रीले भनिन् ।


    बुधवार, बैशाख २८ २०७९०९:३४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij