Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

तुलसीपुर–१७ को वडाध्यक्षमा आज मनोनयन, ३ जेठमा मतदान

तुलसीपुर–१७ को वडाध्यक्षमा आज मनोनयन, ३ जेठमा मतदान

  • बुधवार, बैशाख २८ २०७९

  • 355
    SHARES

  • तुलसीपुर–१७ को वडाध्यक्षमा आज मनोनयन, ३ जेठमा मतदान

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

    बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए ।

    तुलसीपुर १७ वडाध्यक्षका लागि ३ जेठमा मतदान हुनेछ । अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भइसकेको छ । तर, तुलसीपुर-१७ का हकमा ३१ वैशाखदेखि मौन अवधि सुरु हुनेछ ।

     


    बुधवार, बैशाख २८ २०७९०७:१४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij