Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

धनगढी राजधानी तोकेका देउवाले भने अब डडेल्धुरा सार्छु

धनगढी राजधानी तोकेका देउवाले भने अब डडेल्धुरा सार्छु

  • मंगलवार, बैशाख २७ २०७९

  • 846
    SHARES

  • धनगढी राजधानी तोकेका देउवाले भने अब डडेल्धुरा सार्छु

    काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको विकासका लागि काँग्रेसका उम्मेदवार जिताउनुको विकल्प नभएको बताउनुभएको छ । आज चुनावी प्रचारका लागि गृहजिल्ला डडेल्धुरा पुग्नुभएका देउवाले डडेल्धुराको अमरगढीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दैे काँग्रेस उम्मेदवारलाई जिताए डडेल्धुरामा विकास गरेर प्रदेश राजधानी समेत बनाउने आश्वासन दिनुभयो ।

    २०७४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावपछि देउवा नेतृत्वको सरकारले नै कैलालीको धनगढीलाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो । सुदूरपश्चिम प्रदेशसभाले कैलालीको गोदावरीलाई प्रदेश राजधानी तोक्ने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन ।

    डडेल्धुरा जिल्ला सदरमुकाममा बसपार्क अभाव भएकाले डकलेमा बसपार्क बनाउन पहल गर्ने देउवाको भनाइ छ । देउवाले पोखरा–बेलारपुर तथा उग्रतारा–मेलौली सडक कालोपत्र बनाउने काम आफूले सुरु गरिसकेको दाबी समेत गर्नुभयो ।

    प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि अग्रसरता बढाएको जानकारी दिनुभयो । पश्चिम सेती बन्यो भने सुख्खायममा पनि लोडसेडिङ नहुने प्रधानमन्त्री देउवाको दाबी छ ।


    मंगलवार, बैशाख २७ २०७९०५:२३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij