Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

म विजयी भए नमूना वडा बनाउनेछुँ : किरण कार्की

म विजयी भए नमूना वडा बनाउनेछुँ : किरण कार्की

  • सोमवार, बैशाख २६ २०७९

  • 452
    SHARES

  • म विजयी भए नमूना वडा बनाउनेछुँ : किरण कार्की

    काठमाडौं - काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ नयाँ नैकापबाट वडाध्यक्ष उम्मेदवार बनेका किरण कार्कीले आफू स्थानीय तहको निर्वाचनमा विजयी भए नगरको विकासमा प्रतिवद्ध रहने बताउनुभएको छ ।

    लामो समयदेखि सामाजिक कार्यमा सक्रिय भएका कार्कीले वडाध्यक्षमा निर्वाचित भएपछि आफूलाई काम गर्न थप सहज हुने बताउनुभयो । उहाँले आफ्नो संकल्प पत्रमा कृषि, रोजगार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकताका साथ राख्नुभएको छ ।

    वडा नम्बर १४ का मतदाताले कार्कीलाई उम्मेदवार पाएपछि खुसी भएको प्रतिक्रिया दिएका छन् । स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउन आफ्नो उम्मेदवारी रहेको कार्कीको भनाइ छ ।

    किरन कार्कीका प्रतिबद्धताहरु

    १- सर्वप्रथम सवै पेशा व्यवसाय , विचार सिद्धान्त , वर्ग तहका विज्ञ व्यक्तिहरू समावेश गरी वडा सल्लाहकार समिति गठन गर्ने छु र सोही समितीको मार्गनिर्देशन बमोजिम कार्य सम्पादन गर्ने छु ।

    २- वडा अध्यक्षले पाउने तलव भत्ताबाट शैक्षिक कोष स्थापना गरी, अन्य श्रोत समेत जुटाइ, गरीब तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय निशुल्क शिक्षा दिलाउने छु ।

    ३- वडा भित्र निशुल्क वाईफाइ, सडक बत्ती , सी सी क्यामेरा र सुरक्षा साइरन सहितको नमुना स्मार्ट वडा बनाउन यथासक्य पहल गर्ने छु ।

    ४- हरेक घरमा बाँकी रहेका खाली जग्गा र कौसीमा विषादीरहित तरकारी खेती गर्न आवश्यक तालिम, मल बिउ आदीको उचित प्रबन्ध गर्ने छु ।

    ५- विद्युत लाईनलाई भुमिगत गर्न र वडाभित्रका सवै बाटोघाटो पिच, ढलान तथा आवश्यक स्तरोन्नति सहित ढल निकासको व्यवस्था र बल्खु खोलालाई प्रदुषणमुक्त बनाउन पहल गर्ने छु।

    ६- स्वास्थ्य चौकीलाई क्षमता विस्तार गरी सवैलाई स्तरीय स्वास्थ्य सेवा पुर्याउने तथा निशुल्क स्वास्थ्य शिविरहरु सन्चालन गर्ने गराउने छु ।

    ७- विभिन्न प्रकारका दुर्ब्यसनमा फसेकाहरूलाइ उचित परामर्श उपचार र शीपमुलक शिक्षाको ब्यबस्था साथै रोजगारीको लागी पहल गर्ने छु ।

    ८- नैकापको सान फुटबल मैदान भन्ने उक्तिलाई सफलीभुत बनाउदै उक्त मैदान र ब्याटमिन्टन कभर्डहललाइ राष्ट्रिय स्तरको बनाउने छु ।

    ९- भाषा साहित्य, सङ्गीत कला, खेलकुद आदीका प्रतिभाहरूलाई उचित सहयोग गर्दै थप तालिमको ब्यबस्था गर्ने छु साथै स्थानीय मौलिक जात्रा पर्व, बाजा भजन आदी मौलिक पहिचान झल्कने कुराहरूलाइ उचित संरक्षण र सम्बर्द्धन गर्न प्रयत्न गर्ने छु ।

    १०- नैकाप सल्लाघारी ठुलो थानमा प्रजातान्त्रिक आन्दोलनका लौह पुरुष स्व गणेशमान सिंहको शालिक पुन स्थापना गरी त्यस क्षेत्रलाई रमणीय र पर्यटकीय क्षेत्रको रूपमा विकाश गर्ने छु ।

    ११- लामो समयदेखि भुमिको स्वामित्व सम्बन्धी मोही र तल्सिङ बिच रहेको समस्या यथासम्भव छिटो समाधान गर्ने गराउने छु ।

    १२- सार्वजनिक जग्गा संरक्षण र उचित स्थानमा ब्यायामशाला, सार्वजनिक उद्यान , सार्वजनिक शौचालय, पानी सङ्कलन केन्द्रको निर्माण गर्ने छु । माटो जाच गराइ खाली जग्गामा बिभिन्न फलफुल आदीको सामुहिक खेती गर्ने र समुदायनै लाभान्वित हुने ब्यबस्था मिलाउन प्रयत्न गर्ने छु ।

    १३- महिला, दलित पिछडिएको वर्ग आदीका लागी विशेष प्रभावकारी कार्यक्रमहरू संचालन गर्ने छु ।

    १४- सवैखालका सामाजिक बिभेदको अन्त गर्न यथासक्य कोशिस गर्ने छु।

    १५- नगरपालिकासङ्ग समन्वय गरी उचित पार्किङको ब्यबस्थापन तथा नैकाप बस स्ट्यान्डमा पिउने पानी लगायत अन्य सुबिधायुक्त प्रतिक्षालय निर्माण गर्ने छु, साथै वडाभित्रको फोहर निशुल्क ब्यबस्थापन गराउन सम्बन्धित निकायमा आवस्यक समन्वय गर्ने छु ।

    १६- वडाबाट प्रदान गरिने नागरिक सेवालाइ थप सरल सहज र जनमैत्री बनाउने छु, साथै बृद्धभत्ता घरमै पुगेर उपलब्ध गराउने ब्यबस्था मिलाउने छु ।
    खोला खोल्सा र पहिरो नजिकका बस्तीमा हुनसक्ने जोखिम निराकरणका लागी बिज्ञहरूको सल्लाह बमोजिम समस्या समाधान गराउने छु।

    १७- वडा स्तरीय योजना छनौट गर्दा नागरिक भेला गराई बहुमतले उपयुक्त देखेका योजनाहरू कार्यान्वयन गराउने छु ।

    १८- अन्तमा , वडाबासीको हित प्रतिकुल हुनेगरी र ब्यक्तिगत लाभबाट प्रेरीत भएर वडा अध्यक्षको हैसियतले कुनै पनि काम गरेको प्रमाणीत भएमा त्यतिबेलै पदबाट राजीनामा दिइ हदै सम्मको दण्ड भोग्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्दछु ।


    सोमवार, बैशाख २६ २०७९०६:४१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij