काठमाडौँ । नेकपाका असन्तुष्ट समूहका नेता एवम् पार्टीका संयोजक धमेन्द्र बास्तोलाले महासचिव नेत्रविक्रम चन्द समूह संसदीय व्यवस्थामा फस्न लागेकोले कारबाही गरिएको बताउनुभएको छ ।
कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै बास्तोलाले संसदीय व्यवस्थाले मुलुकलाई परिवर्तन गर्न नसकिने भएकोले वैज्ञानिक समाजवादको आवश्यकता रहेको जिकीर गर्नुभयो ।
पार्टी विभाजनको मुख्य कारण आर्थिक अनियमितता हो की भन्ने प्रश्नमा उहाँले सो कुरामा सत्यता नभएको बताउनुभयो । विप्लवले केन्द्रीय समितिमा निर्वाचनमा जाने विषयलाई पारित गराउन खोजेपछि विभाजन आएको बताउनुभयो ।