काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनतालाई नधम्क्याउन चेतावनी दिनुभएको छ । चितवनको भरतपुरमा आयोजित आमसभामा बोल्दै ओलीले प्रचण्डको धम्काएर खाने दिन गएको बताउनुभयो ।
केही दिन अघि मात्रै प्रचण्डले भरतपुरकै आमसभामा गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार रेनु दाहालले चुनाव हारे देश गम्भीर दुर्घटनामा जाने बताउनुभएको थियो । त्यस अभिव्यक्तिलाई ‘जनातालाई धम्क्याएको’ भनि प्रचण्डको चर्को आलोचना भएको थियो ।
प्रचण्डलाई काउन्टर दिँदै ओलीले प्रचण्डको धम्क्याउने बानी अहिलेसम्म पनि नगएको बताउनुभयो । ‘जनतालाई विगतमा पनि धम्क्याइ आएकाहरु, धम्क्याएर खाएकाहरु अहिलेसम्म पनि धम्क्याइरहेका छन्’, ओलीको भनाइ थियो ।