Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

धारिलो हतियार प्रहार गरी चितवनमा कांग्रेस कार्यकर्ताको हत्या

धारिलो हतियार प्रहार गरी चितवनमा कांग्रेस कार्यकर्ताको हत्या

  • सोमवार, बैशाख २६ २०७९

  • 1.3K
    SHARES

  • धारिलो हतियार प्रहार गरी चितवनमा कांग्रेस कार्यकर्ताको हत्या

    काठमाडौँ । चितवनमा अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा कांग्रेस कार्यकर्ता हत्या भएको छ । आइतबार साँझ अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी भरतपुर १२ मिलनचोकका अनिल परियारको हत्या गरेको हो । कांग्रेसका स्थानीय नेताका अनुसार उनी कांग्रेसको भ्रातृ संगठनको बागमती प्रदेश सदस्य थिए ।

    निर्वाचनका बेला भएको उनको हत्या सुनियोजित रहेको भन्दै चितवनका कांग्रेस नेता–कार्यकर्ता बिहानैबाट विरोधमा उत्रिएका छन् । परियारको शव राखिएको भरतपुर अस्पतालमा कांग्रेस–नेता कार्यकर्ता भेला भएका छन् ।

    चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरी अधिकारीका अनुसार आइतबार साँझ साढे ७ बजेतिर धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको हो । घटनामा संलग्न समूहको पहिचान हुन सकेको छैन ।

    स्थानीय कृष्णपुरको फुटबल मैदाननजिकै हतियार प्रहारबाट गम्भीर घाइते भएका उनलाई भरतपुर मेडिकल कलेज पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।


    सोमवार, बैशाख २६ २०७९०७:४६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij