काठमाडौं । राप्ती पहिचान डटकमका सञ्चालक प्रकाशक पत्रकार यज्ञबहादुर बुढालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको हो ।
पत्रकार बुढाका अनुसार पार्टीले दबाब दिएका कारण उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुढामाथि विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।