Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको चुनावी सभा आज पोखरामा, शीर्ष नेताले सम्बोधन गर्ने

सत्ता गठबन्धनको चुनावी सभा आज पोखरामा, शीर्ष नेताले सम्बोधन गर्ने

  • आइतवार, बैशाख २५ २०७९

  • 945
    SHARES

  • सत्ता गठबन्धनको चुनावी सभा आज पोखरामा, शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं । सत्ता गठबन्धनले आज पोखरामा संयुक्त चुनावी सभा गर्ने भएको छ । पोखराको अमरसिंह चौरमा बिहान ११ बजे चुनावी सभा हुँदै छ । सो सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

    पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र एमालेबाट कृष्ण थापा उम्मेदवार छन् ।

    सत्ता गठबन्धन र एमालेले पोखरा महानगरपालिकाको निर्वाचनलाई प्रतिष्ठाको रुपमा लिएका छन् । पोखराको सभापछि आजै दाङको घोराहीमा हुने सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


    आइतवार, बैशाख २५ २०७९०८:४४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij