Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मधेसमा ओलीले धार्मिक सद्भाव खल्बल्याउन खोजे : प्रचण्ड

मधेसमा ओलीले धार्मिक सद्भाव खल्बल्याउन खोजे : प्रचण्ड

  • शनिवार, बैशाख २४ २०७९

  • 570
    SHARES

  • मधेसमा ओलीले धार्मिक सद्भाव खल्बल्याउन खोजे : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न नदिएको आरोप लगाउनुभएको छ । 

    आज धनुषामा आयोजित चुनावी सभामा बोल्दै प्रचण्डले मधेशी जनताको माग अनुसार संविधान संशोधन हुनुपर्ने आफ्नो अडान रहेपनि एमाले सहमत नहुँदा असफल भएको बताउनुभयो । विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको उहाँले स्मरण गनुृभयो ।

    एमाले अधिनायकवादको दिशामा अघि बढेको आरोप लगाउँदै प्रचण्डले समानुपातिक, समावेशी सिद्धान्त र संघीयता विरोधीसँग गठबन्धन बनाएको टिप्पणी गर्नुभयो । धनुषामा एमालेले आफू पराजित हुने डरले हिन्दू मुस्लिमबीचको सामाजिक सद्भाव खल्बल्याउन लागेको पनि उहाँको आरोप छ ।


    शनिवार, बैशाख २४ २०७९०१:१३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij