Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

स्थानीय निर्वाचन : वैशाख २७ गते रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने

स्थानीय निर्वाचन : वैशाख २७ गते रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने

  • शुक्रवार, बैशाख २३ २०७९

  • 671
    SHARES

  • स्थानीय निर्वाचन : वैशाख २७ गते रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने

    काठमाडौँ । स्थानीय तहको निर्वाचनअन्तर्गत मतदान सुरु हुन ४८ घण्टा अगाडिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदान हुने दिनको ४८ घन्टा अगाडिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न लागिएको हो ।

    वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न गृह मन्त्रालयलाई आग्रह गरिएको हो । 

    यस्तै वैशाख २७ गते राति १२ बजेदेखि मतदान नसकिँदासम्म तोकिएका क्षेत्रमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइने भएको छ । आयोगका अनुसार स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ मा भएको व्यवस्था कार्यान्वयनका लागि गृह मन्त्रालयलाई लेखी पठाइने छ ।


    शुक्रवार, बैशाख २३ २०७९०७:२१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij