Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

आज काठमाडौँमा सत्ता गठबन्धनको चुनावी सभा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

आज काठमाडौँमा सत्ता गठबन्धनको चुनावी सभा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

  • शुक्रवार, बैशाख २३ २०७९

  • 709
    SHARES

  • आज काठमाडौँमा सत्ता गठबन्धनको चुनावी सभा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

    काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले आज काठमाडौँ उपत्यकामा चुनावी सभा गर्दै छ । हिजो मात्र भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

    सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । हिजो भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौँमा सभा गर्न लागेका हुन् ।

    काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार हुनुहुन्छ भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार हुनुहुन्छ । कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार हुनुहुन्छ ।


    शुक्रवार, बैशाख २३ २०७९०७:२४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij