Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

गठन्धनका उम्मेदवारविरुद्ध बागी उठेकाहरु निष्कासित भएको काँग्रेसको घोषणा

गठन्धनका उम्मेदवारविरुद्ध बागी उठेकाहरु निष्कासित भएको काँग्रेसको घोषणा

  • बिहिवार, बैशाख २२ २०७९

  • 412
    SHARES

  • गठन्धनका उम्मेदवारविरुद्ध बागी उठेकाहरु निष्कासित भएको काँग्रेसको घोषणा

    काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित भएको घोषणा गरेको छ । आज काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नरहेको जानकारी गराउनुभएको हो ।

    काँग्रेस वैशाख १९ गते विज्ञप्ति जारी गरी बागीलाई उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका अधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको थियो । उक्त आग्रह अस्वीकार गरेका बागीहरु पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम पार्टीबाट स्वतः निस्कासन भएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    काँग्रेस विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकहरूको नामावली केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।

    विज्ञप्ति हेर्नुस्

    Press_release-congrss.jpg


    बिहिवार, बैशाख २२ २०७९०८:२८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij