काठमाडौं । नेपाली कांग्रेसका चन्द्रागिरि नगरपालिकाका मेयर उम्मेदवार घनश्याम गिरी एक प्रतिष्ठित समाजसेवी हुन् । उहाँको विशेष गरी शिक्षा, स्वास्थ, रोजगारको क्षेत्रमा महत्वपूर्ण भुमिका रहेको छ । सानै उमेर देखि जनता र समाजको लागि केही गरौं भन्ने उहाँमा भावना थियो । संस्कारी राजनीतिक परिवारमा हुर्किनुभएका गिरी प्रतिष्ठित प्रध्यानाध्यापक हुनुका साथै एक कुशल शैक्षिक नेता पनि हुनुहुन्छ ।
उहाँ सानै उमेरदेखि शिक्षा क्षेत्र र समाजसेवाका अभियन्ता हुनुहुन्छ र नेतृत्वदायी भुमिकामा सदा अगाडि सरेर काम गर्ने र गराउने व्यक्ति समेत हुनुहुन्छ । उहाँले ध्याम्पेडोल बाडभञ्ज्याङ बाटो बिस्तारमा सफल नेतृत्वदायी भूमिका निर्वाह गरेर जनसमर्थन जुटाई पिच गराउन समेत सफल हुनुभएको थियो ।
पानीघाट चितलाङ बाटो खोल्न उहाँको ठूलो योगदान रहेको थियो र मेयर भयपछि पनि हजारौँ अवरोधलाई छिचोल्दै बाटो बिस्तारमा लाग्नुभएको थियो ।
यस्तै, गिरी चन्द्रागिरि नगरपालिकाको मेयर हुँदै गर्दा पश्चिम भेगका जनतालाई आवागमन सहज गराउन थानकोटबाट शहिदगेटसम्म बस सञ्चालनमा ल्याउन उहाँको महत्वपूर्ण योगदान रहेको छ । सबै दल सबै बौद्धिक समुदाय प्रशासकहरुसँग समन्वय गर्ने क्षमता भएका व्याक्ति हुन् गिरी । यही क्षमता प्रयोग गरेर उहाँले दर्जनौ विद्यालय भवन निर्माण, अस्पतालका भावी योजना बनाउनु भएको छ ।
मेयर भएपछि गिरीको नेतृत्वमा राम्रो पूर्वाधार निर्माणमा सफल भएको र अब फेरि पनि चन्द्रागिरि नगरपालिकाका जनताले मेयरमा निर्वाचित गराएमा योजना पूर्वाधरको उपयोगबाट रोजगारीसहित आर्थिक उन्नती गरी समृद्ध चन्द्रागिरी निर्माणमा केन्द्रीत हुने बताउनु भएको छ ।