Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

आइजीपी नियुक्ति प्रकरण : बहस सकियो, आदेश आजै आउने

आइजीपी नियुक्ति प्रकरण : बहस सकियो, आदेश आजै आउने

  • बिहिवार, बैशाख २२ २०७९

  • 590
    SHARES

  • आइजीपी नियुक्ति प्रकरण : बहस सकियो, आदेश आजै आउने

    काठमाडौं । नेपाल प्रहरीको आइजीपी नियुक्तिमा असन्तुष्ट बनेका एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बहस सकिएको छ । एआईजी पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सकिएको हो ।

    बहस सकिएसँगै आदेश तयार गर्ने कार्य जारी रहेको सर्वोच्च प्रशासनले जनाएको छ । आजै आदेश आउने सर्वोच्च प्रशासनको भनाइ छ । बुधबारदेखि सुरु भएको सुनुवाइ नभ्याइएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

    आज इजलासमा पोखरेलको तर्फबाट अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत, माधव बस्नेत, सुनील पोखरेल र रमेश बडालले बहस गरेका थिए । यस्तै पोखरेल आफैले पनि बहस गरेका थिए ।

    यस्तै बुधबार इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।

    गत आइतबार सरकारले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि त्यसविरुद्ध पोखरेल अदालत गएका हुन् ।


    बिहिवार, बैशाख २२ २०७९०१:३४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij