Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images
चुनावी गठबन्धनलाई धोका नदिन देउवाको आग्रह

राजनीतिक विश्लेषक बराल भन्छन् : केन्द्रबाट निर्देशन दिँदैमा केही हुँदैन

राजनीतिक विश्लेषक बराल भन्छन् : केन्द्रबाट निर्देशन दिँदैमा केही हुँदैन

  • बुधवार, बैशाख २१ २०७९

  • 982
    SHARES

  • राजनीतिक विश्लेषक बराल भन्छन् : केन्द्रबाट निर्देशन दिँदैमा केही हुँदैन

    काठमाडौैँ । पाँच दलीय सत्ता गठबन्धनका प्रमुख घटक नोपली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका लागि गरिएको चुनावी गठबन्धनमा धोका नदिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज विराटनगरमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उहाँँले गठबन्धन राष्ट्रिय आवश्यकता हो भन्दै धोका नदिन आग्रह गर्नुभएको हो ।

    प्रधानमन्त्री देउवाले गठबन्धनमा शंका उपशंका पैदा गर्ने काम नगर्न पनि कार्यकर्तालाई आग्रह गर्नुभयो । अहिले कांग्रेस पार्टीको टाउकोमा ठूलो जिम्मेवारी रहेको भन्दै देउवाले कसैको पनि एकल बहुमत नभएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

    केन्द्रको सहमति विपरित विभिन्न ठाउँमा गठबन्धकै उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठेका छन् । उनीहरुको उम्मेदवारी निष्क्रिय पार्न गठबन्धनले अझै प्रयास जारी राखेको छ । यद्यपि गठबन्धन नेता कार्यकर्ताको चाहनाविपरित रहेकाले त्यसलाई केन्द्रबाट निर्देशन दिएर नरोकिने राजनीतिक विश्लेषक लोकराज बराल बताउनुहुन्छ ।

    ‘चुनाव गाउँ–नगरको भइरहेको छ । केन्द्रमा बसेर, निर्णय गरेर केही हुँदैन । बागीहरुले केही केही प्रतिशत गठबन्धनको भोट काट्ने निश्चित छ’, उहाँले भन्नुभयो, ‘भरसक यो निर्दलिय हुनुपर्ने गाउँमा । केन्द्रबाट हाँकिदिएर गाउँ वडासम्म कसरी हुन्छ ?’

    निर्वाचन आयोगले दिएका उम्मेदवारी फिर्ता लिने सयमभित्र बागी उम्मेदवारी परेका ठाउँमा फिर्ता गराउन अनेकौं प्रयास गर्दा पनि गठबन्धनभित्र बागी उम्मेदवारहरु कायम छन् । त्यसले गठबन्धनलाई चुनौती थपिदिएपछि अझै पनि उनीहरुको उम्मेदवारी निष्क्रिय पार्न गठबन्धनका शीर्ष नेताहरु लागिपरेका छन् ।


    बुधवार, बैशाख २१ २०७९०८:१७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij