Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

वामदेव गौतमको समर्थन नेकपा एसलाई

वामदेव गौतमको समर्थन नेकपा एसलाई

  • बुधवार, बैशाख २१ २०७९

  • 641
    SHARES

  • वामदेव गौतमको समर्थन नेकपा एसलाई

    काठमाडौँ । गौतम सक्रिय राजनीतिभन्दा बाहिर रहेका नेता वामदेव गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा खुलेका छन् ।

    उनी गीतमार्फत एकीकृत समाजवादीमा खुलेका हुन् । एकीकृत समाजवादीको चुनावी गीत गौतमले लेखेका छन् ।

    उनले २०७८ भदौ १८ गते नेकपा एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यसपछि नेकपा एकता महाअभियान चलाइरहेका उनले एकीकृत समाजवादीको चुनावी गीत लेखेका हुन् ।

    गीतको बोल ‘एकीकृत समाजवादी हाम्रो पार्टी हो’ रहेको छ । यो गीत लेखेसँगै उनी एकीकृत समाजवादीमै खुलेको बताइएको छ ।

     


    बुधवार, बैशाख २१ २०७९०६:३९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij