Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चितवनमा सत्ता गठबन्धनको चुनावी सभा : देउवा–प्रचण्डदेखि गगन र शेखरसम्मले सम्बोधन गर्ने

चितवनमा सत्ता गठबन्धनको चुनावी सभा : देउवा–प्रचण्डदेखि गगन र शेखरसम्मले सम्बोधन गर्ने

  • मंगलवार, बैशाख २० २०७९

  • 640
    SHARES

  • चितवनमा सत्ता गठबन्धनको चुनावी सभा : देउवा–प्रचण्डदेखि गगन र शेखरसम्मले सम्बोधन गर्ने

    काठमाडौ । सत्ता गठबन्धनले बैशमख २२ गते बिहीबार चितवनमा चुनावी सभा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनले भरतपुरस्थित हाकिम चोकमा सभा गर्न लागेको हो । उक्त सभालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूलाई पनि कार्यक्रममा निम्त्याउने तयारी भइरहेको नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।

    भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कँग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार छन् । गठबन्धनको साझा उम्मेदवार दाहालविरुद्ध काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनुभएको छ । पौडेललाई उम्मेदवारी फिर्ता लिन गठबन्धनका नेताले भरपुर प्रयास गरेपनि उहाँ ब्याक नभएको अवस्था छ । यसलाई मध्यनजर गर्दै गठबन्धनको चितवन संयन्त्रले शीर्ष नेतालाई भरतपुर ओराल्ने तयारी थालेको छ ।

    भरतपुर महानगरलाई सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेले प्रतिष्ठाको विषय बनाएको छ ।


    मंगलवार, बैशाख २० २०७९०३:२२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij