Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

८ हजार जनाको उम्मेदवारी फिर्ता : निर्वाचन आयोग

८ हजार जनाको उम्मेदवारी फिर्ता : निर्वाचन आयोग

  • शनिवार, बैशाख १७ २०७९

  • 621
    SHARES

  • ८ हजार जनाको उम्मेदवारी फिर्ता : निर्वाचन आयोग

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा ८ हजार जनाले फिर्ता लिएको जानकारी दिएका हुन् ।

    उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने काम भइरहेको पनि बताए । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार(आज) साँझ ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । प्रवक्ता पौडेलले भने, ‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिब ८ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिब एक लाख ४५ हजार करिब उम्मेदवार कायम हुने देखिन्छ । आज चुनाव चिह्न प्रदान हुन्छ ।’

    शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको थियो । स्थानीय तह निर्वाचन यही वैशाख ३० गते हुँदैछ ।


    शनिवार, बैशाख १७ २०७९०५:१३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij