Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

स्थानीय चुनाव : स्वतन्त्रसहितका उम्मेदवारहरुलाई निर्वाचन आयोगद्वारा चुनाव चिह्न प्रदान

स्थानीय चुनाव : स्वतन्त्रसहितका उम्मेदवारहरुलाई निर्वाचन आयोगद्वारा चुनाव चिह्न प्रदान

  • शनिवार, बैशाख १७ २०७९

  • 405
    SHARES

  • स्थानीय चुनाव : स्वतन्त्रसहितका उम्मेदवारहरुलाई निर्वाचन आयोगद्वारा चुनाव चिह्न प्रदान

    काठमाडौँ । निर्वाचन आयोगले आज स्वतन्त्रसहितका सबै उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ । वैशाख ३० मा हुन लागेको स्थानीय तह चुनावका लागि आज सम्बन्धित जिल्लाहरुमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत चुनाव चिह्न वितरण गरिएको हो ।

    काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले लौरो चुनाव चिह्न पाउनुभएको छ । काठमाडौंमा सत्ता गठबन्धनका तर्फबाट सिर्जना सिंह र एमालेबाट केशव स्थापित प्रतिस्पर्धामा छन् । त्यस्तै, भरतपुर महानगरपालिकाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भूइँकटहर चुनाव चिह्न पाउनुभएको छ । भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट रेणु दाहाल र एमालेबाट विजय सुवेदी चुनावी प्रतिस्पर्धामा छन् ।

    पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेदवार गणेश पौडेलले पनि लौरो चिह्न पाउनुभएको छ । सो महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट धनराज आचार्य र एमालेको तर्फबाट कृष्ण थापा उम्मेदवार छन् । विराटनगर महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले लालटिन चुनाव चिह्न पाउनुभएको छ । यादवले आफ्नो पार्टी जसपाबाटै मेयरको उम्मेदवार बन्न चाहेको भए पनि पार्टीले टिकट नदिने भएपछि पार्टी नै परित्याग गरेर उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

    विराटनगरमा सत्ता गठबन्धनका तर्फबाट नागेश कोइराला र एमालेको तर्फबाट सागर थापा मेयरका उम्मेदवार छन् । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका गोपाल हमालले आँप चुनाव चिह्न पाउनुभएको छ । धनगढीमा सत्ता गठबन्धनका तर्फबाट नृपबहादुर वड र एमालेको तर्फबाट रणबहादुर चन्द उम्मेदवार छन् ।


    शनिवार, बैशाख १७ २०७९०३:४४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij