काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता राजेन्द्र महतोले दलीय हिसाबमा स्थानीय तहको निर्वाचन हुनु गलत भएको बताउनुभएको छ । आज काठमाडौंमा आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले स्थानीय चुनाव दलीय हिसाब हुनु नै गलत भएको दाबी गर्नुभएको छ ।
नेता महतोले स्थानीय चुनावको लागि पनि पार्टीहरुले घोषणापत्र सार्वजनिक गर्नुपर्ने अवस्था आउनु निकै दुर्भाग्यपूर्ण भएको बताउनुभयो । उहाँले स्थानीय निकायको निर्वाचन गर्ने पद्दति नेपालमा अपनाइएकोले आफुहरु बाध्य भएर घोषणापत्र सार्वजनिक गर्नुपरेको बताउनुभएको छ ।
स्थानीय निकाय पूर्ण रुपमा बिकास गर्ने संस्था भएकोले स्थानीय निवार्चन निर्दलीय हुनुपर्नेमा उहाँको जोड थियो ।