काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को घोषणा पत्र सार्वजनिक भएको छ । आज पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषण पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, स्वास्थ्य उपचार निःशुल्क गर्ने लगायको व्यवस्था गरिएको छ । यद्यपि घोषण पत्र सार्वजनिक गर्नु आफ्नो बाध्यता भएको वरिष्ठ नेता महतोले बताउनुभएको ।
आफूहरु स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने पक्षमा रहेको उहाँको भनाइ छ । महतोले आजको घोषणा पत्र पार्टीको एउटा निर्देशन मात्रै भएको र स्थानीय पालिकाले आफ्नो छुट्टै घोषणा पत्र सार्वजनिक गर्ने बताउनुभयो ।
पूर्णपाठ हर्नुहोस्