Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

स्थानीय तह निर्वाचन : ७१ हजार बढीको उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचन : ७१ हजार बढीको उम्मेदवारी दर्ता

  • सोमवार, बैशाख १२ २०७९

  • 532
    SHARES

  • स्थानीय तह निर्वाचन : ७१ हजार बढीको उम्मेदवारी दर्ता

    काठमाडौँ । स्थानीय तह निर्वाचनमा भाग लिन विभिन्न पदमा देशभरी ७१ हजार बढीले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार साँझ साढे ७ बजेसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    आयोगका अनुसार मधेश प्रदेशमा १६ हजार ७४१, लुम्बिनी प्रदेशमा १३ हजार ९५ र प्रदेश नम्बर १ मा १२ हजार ९९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    यस्तै बागमतीमा ११ हजार ४०२, गण्डकीमा ५ हजार ६१२, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८४७ र कर्णाली प्रदेशमा ५ हजार ५४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


    सोमवार, बैशाख १२ २०७९०८:२९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij