Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

गठबन्धनभित्र कसरी हेपिए साना दल ?

गठबन्धनभित्र कसरी हेपिए साना दल ?

  • सोमवार, बैशाख १२ २०७९

  • 603
    SHARES

  • गठबन्धनभित्र कसरी हेपिए साना दल ?

    काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन सकिसक्दा पनि चुनावी तालमेल गर्ने सहमति गरेका गठबन्धनभित्र साना दलहरुले हेपिनु परेको गुनासो गरेका छ । पाँच दलीय गठबन्धनमा तेस्रो शक्तिका रुपमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली कांग्रेस र माओवादी केन्द्रले आफूलाई हेपेको गुनासो गर्दै आएको छ । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आफूहरुलाई हेपिएको भन्दै ६ दिन अघि पनि आफूहरु विद्रोही भएको र अपमान कुनै हालतमा नसहने चेतावनी दिनुभएको थियो ।

    हिजो मात्रै सहरी विकासमन्त्रीसमेत रहनुभएकी नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले पनि गठबन्धनभित्र अपमान भएको गुनासो गर्नुभएको थियो । गठबन्धनभित्र ठूला भनिएका दल कांग्रेस र माओवादी केन्द्रमा उपभोगवादी सोच भएको नेकपा एसका नेता एव प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको गुनासो छ । गठबन्धन निर्माणमा आफूहरुको भूमिका प्रमुख रहेपनि कांग्रेस र माओवादी केन्द्रले नेकपा एसलाई मूल्यहीन ठानेको उहाँको टिप्पणी छ ।

    गठबन्धनभित्रकै अर्को दल जनता समावादी पार्टीले पनि आफूलाई उपेक्षा गरिएको गुनासो गरेको थियो । जसपा अध्यक्ष बाबुराम भट्टराईले नै आफूहरुलाई उपेक्षा, अपमान, निषेध गरिएको भन्दै त्यो स्वीकार्य नहुने चेतावनी दिनुभएको थियो । यद्यपि आफूहरु गठबन्धनलाई गन्तव्यमा पु¥याउनकै लागि लागिपरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत रहनुभएका जसपा नेता राजेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

    राष्ट्रिय जनमोर्चालेसमेत यसअघि आफूहरुलाई गठबन्धनको बैठकमा बोलाउन छाडेको भन्दै असन्तुष्टि जनाएको थियो । यद्यपि स्थानीय तह चुनावको सिट बाँडफाँडमा आफूहरुको कुनै गुनासो नरहेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभयो ।

    यता, साना दललाई हेपेको आरोप बोकेको माओवादी केन्द्रले गठबन्धनभित्र कुनै पनि दललाई अर्को कुनै दलले नपेलेको जिकिर गरेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन भनेकै फरक विचार राख्ने पार्टीहरूबीचको संयुक्त मोर्चा भएकोले केही दललाई आफू पेलिएको अनुभूति हुनु स्वाभाविक रहेको बताउनुभयो ।

    सत्ता गबठन्धनभित्र रहेका पाँच दलका आ–आफ्नै गुनासो छन् । अन्य दललाई बढी सिट दिइएको भन्दै गठबन्धनका उम्मेदवारीविरुद्ध कांग्रेसकै नेताहरुले विभन्न ठाउँमा बागी उम्मेदवारी दिएका छन् । असन्तुष्टिकै बाबजुद पनि गठबन्धनलाई एक ढिक्का बनाएर लाने कसरतमा दलहरु जुटेका छन् ।


    सोमवार, बैशाख १२ २०७९०८:२१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij