Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

पोखरा महानगरमा कांग्रेसबाट ३ बागी उम्मेदवार

पोखरा महानगरमा कांग्रेसबाट ३ बागी उम्मेदवार

  • सोमवार, बैशाख १२ २०७९

  • 355
    SHARES

  • पोखरा महानगरमा कांग्रेसबाट ३ बागी उम्मेदवार

    पोखरा । कास्कीको पोखरा महानगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसका ३ जना नेताले सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसबाट मेयरमा उम्मेदवारी दिनेको संख्या ३ पुगेको हो ।

    सत्तारुढ दलहरुबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागवण्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेको थियो । तर कांग्रेसका नेता कार्यकर्ताहरु असन्तुष्ट थिए ।

    मेयरमा बागी उम्मेदवारी दिने तिवारी देउवा समूहकै कास्कीका पुराना नेता हुन् । उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको कास्की जिल्ला सचिव थिए । कांग्रेसबाट आइतबार विमलबहादुर कार्की र सोमबार ऋषि सापकोटाले पनि मेयरमा उम्मेदवारी दिएका थिए ।

     


    सोमवार, बैशाख १२ २०७९०५:३०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij