Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

हेटौँडामा जसपाले गठबन्धन तोड्यो, मेयर र उपमेयरमा उठायो आफ्नै उम्मेदवार

हेटौँडामा जसपाले गठबन्धन तोड्यो, मेयर र उपमेयरमा उठायो आफ्नै उम्मेदवार

  • सोमवार, बैशाख १२ २०७९

  • 347
    SHARES

  • हेटौँडामा जसपाले गठबन्धन तोड्यो, मेयर र उपमेयरमा उठायो आफ्नै उम्मेदवार

    काठममाडौँ । हेटौँडा उपमहानगरपालिकाको मेयरमा जसपा नेपालका तर्फबाट मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धन तोडेर हेटौँडा उपमहानगरमा जसपा नेपालले छुट्टै उम्मेदवारी दर्ता गराएको हो ।

    हेटौँडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मीनाकुमारी लामाले मेयरमा र नेपाली काँग्रेसका राजेश बानियाँले उपमेयरमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

    उक्त गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमात्र सामेल छन् । जसपा नेपालले सो गठबन्धन तोडेर छुट्टै उम्मेदवार खडा गरेको हो ।


    सोमवार, बैशाख १२ २०७९०५:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij