Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोग बारम्बार किन बन्छ एमालको तारो ?

निर्वाचन आयोग बारम्बार किन बन्छ एमालको तारो ?

  • आइतवार, बैशाख ११ २०७९

  • 471
    SHARES

  • निर्वाचन आयोग बारम्बार किन बन्छ एमालको तारो ?

    काठमाडौँ । आसन्न स्थानीय तहको चुनावमा ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा छुट्टै मतपत्रको व्यवस्था गर्ने निर्वाचन आयागको तयारीप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । मतपत्र छपाउँदा सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी उम्मेदवारी परेका बाहेकका पदमा चुनाव चिन्ह नराख्ने आयोगको निर्णयप्रति असन्तुष्ट बनेको एमालेले आज आयोगलाई पत्र नै काटेर आपत्ति जनाएको छ ।

    निर्वाचन आयोगले सुरुदेखि नै आफूहरुविरुद्ध खेलिरहेको एमाले नेता शेरबहादुर तामाङको आरोप छ । सुरुमा मतपत्रको रङदेखि अहिले फेरि केही ठाउँका मतपत्र सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी छाप्न लागिएको भन्दै उहाँले यसप्रति आपत्ति जनाउनुभयो । निर्वाचनका लागि मतपत्र अति सम्वेदनशील विषय भएको भन्दै नेता तामाङले फरक फरक मतपत्रको विषय आफूहरुको लागि स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

    यसअघि हिजो निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाका लागि छुट्टै मतपत्रको व्यवस्था गर्न लागिएको जानकारी गराउनुभएको थियो ।
    उम्मेदवारी मनोनयनपछि जत्ति उम्मेदवार हुन्छन्, ती उम्मेदवारकाबाहेक अन्य चुनाव चिन्ह विनाको मत पत्र छाप्नु निर्वाचनको सुन्दर पक्ष रहेको भन्दै थपलियाले यसवर्ष महानगरपालिकाहरुसहित भक्तपुरका ४ नगरपालिकाको लागि छुट्टै मतपत्र छाप्ने निर्णय एक महिनाअघि नै भएको बताउनुभएको थियो ।

    आयोगको उक्त भनाइपछि आज एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले आयोगलाई पत्र लेखेर अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको मतपत्र नछाप्न भन्नुभएको छ । त्यसले गठबन्धनका दलहरुलाई फाइदा पुग्ने एमालेको ठहर छ ।
    तर निर्वाचन आयोगले आफूहरुले स्वतन्त्र भएर उक्त निर्णय गरेको बताएको छ । कसैको दबाबमा नभइ केही राम्रो सुधार गर्न सकिन्छ कि भनेर महानगरपालिकासहित भक्तपुरका नगरपालिकाको छुट्टै मतपत्र छाप्ने तयारी गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद आर्याल बताउनुहुन्छ ।

    महानगरपालिकासहित भक्तपुरका ४ नगरपालिका भौगोलिक एवं यातायातका दृष्टिले नजिक र तुरुन्तै मतपत्र पु¥याउन सकिने भएकाले अन्तिम नामावली प्रकाशनपछि मात्र छुट्टै मतपत्र छाप्ने तयारी गरिएको सहप्रवक्ता आर्याल बताउनुहुन्छ ।

    यसपटक निर्वाचन आयोग विपक्षी एमालेको आँखामा तारो बन्दै आएको छ । सुरुमा मतपत्रको रङ सत्तारुढ कांग्रेस अनुकूल हुने गरी हरियो बनाएको भन्दै एमालेले आयोगको चर्को आलोचना गरेको थियो । अहिले केही ठाउँका मतपत्र छुट्टै बनाउने तयारीप्रति पनि एमालेले आयोगको आलोचना गर्दै त्यासो नगर्न ध्यानाकर्षण गराएको हो ।


    आइतवार, बैशाख ११ २०७९०८:१३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij