Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले र कांग्रेस दुवैको भोट काटेर जित्छु : बालेन शाह

एमाले र कांग्रेस दुवैको भोट काटेर जित्छु : बालेन शाह

  • आइतवार, बैशाख ११ २०७९

  • 1.2K
    SHARES

  • एमाले र कांग्रेस दुवैको भोट काटेर जित्छु : बालेन शाह

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहल आज मनोनयन दर्ता गर्नुभएको छ । मनोनयन दर्तापछि शाहले आफ्नो जित निश्चित भएको बताउनुभएको छ ।

    आफू केवल मत कटुवा उम्मेदवारमात्र नभएको पनि उहाँले बताउनुभएको छ । शाहले एमाले र कांग्रेस दुवैको भोट काटेर जित्नेमा आफू ढुक्क रहेको बताउनुभयो । अहिले राजनीतिक पार्टीप्रति जनतको वितृष्णा बढ्दै गएको र राजनीतिक दलका नेताहरु जनताप्रति जवाफदेही नभएको कारणले जनताले यसपटक आफूलाई जिताउँछन् भन्ने उहाँको विश्लेषण छ ।

    आफू कुनै राजनीतिक दलसँग आवद्ध नभएको र आफूले चुनाव जितेपछि पार्टीलाई चन्दा दिनु नपर्ने, कुनै नेताको चाकडी गर्नु नपर्ने र पैसा पनि कमाउन नपर्ने भएकोले चुनाव जितेपछि विना झन्झट् जनमुखी काम गर्न सक्ने शाहको भनाइ छ ।

    शाहले आफूसँग प्रष्ट भिजन भएको पनि बताउनुभएको छ । काठमाडौँबारे शाहले आफ्नो भिजन घोषणपत्रमार्फत प्रष्ट पार्नुभएको छ । आफ्नो स्वच्छ छवि, इमान्दारीता र प्रष्ट भिजनको आडमा चुनाव जित्ने उहाँको दाबी छ ।


    आइतवार, बैशाख ११ २०७९०३:५६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij