Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरका उम्मेदवार

एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरका उम्मेदवार

  • शनिवार, बैशाख १० २०७९

  • 737
    SHARES

  • एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरका उम्मेदवार

    काठमाडौँ । सत्ता गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार टुंग्याएको छ । गठबन्धनमा भएको सहमतिअनुसार आफूले पाएको सिटका लागि एकीकृत समाजवादीले उम्मेदवार टुंगो लगाएको हो ।

    सत्ता गठवन्धनका दलहरुबीच भएको सहमतिअनुसार एकीकृत समाजवादीको भागमा पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पद परेको थियो । त्यस्तै, उपमहानगरपालिकामध्ये मकवानपुरको हेटौँडमा प्रमुख तथा रुपन्देहीको बुटवल, दाङको तुल्सीपुर र सुनसरीको इटहरीमा उपमेयर पाउने सहमति भएको थियो ।

    पार्टीको पदाधिकारी बैठकले कास्की जिल्ला अध्यक्षसमेत रहनुभएका धनराज आचार्यलाई पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, काठमाडौं महागरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

    हेटौंडा उप महानगरपालिकामा मीना लामालाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । इटहरी उपमहानगरपालिकाको उपमेयर केशव विष्टलाई बनाउने निर्णय गरेको छ भने बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ । दाङको तुल्सीपुरमा उपमेयरको उम्मेदवारको विषय भने टुंगिन बाँकी रहेको नेताहरुले बताएका छन् ।


    शनिवार, बैशाख १० २०७९०४:२६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij